दोस्रो स्थानका लागि माओवादी, फोरम र राजपाको टक्कर, एमाले पछाडि छुट्यो (हेर्नुहोस् सूची)


संविधान संशोधनसहित मधेसका कतिपय मुद्दामा आलोचनात्मक धारणा राख्दै आएको नेकपा एमाले दुई नम्बर प्रदेशको निर्वाचनमा दोस्रो स्थानको प्रतिस्पर्धाबाट पनि पछाडि छुटेको छ।

शुक्रबार बिहान ९ बजेसम्मको नतिजाअनुसार माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको दोस्रो स्थानका लागि टक्कर छ।

नेपाली कांग्रेसले १५ स्थानमा जितेर आफ्नो अग्रस्थान कायम राखेको छ। दोस्रो स्थानका लागि भने माओवादी, फोरम र राजपाबीच भीडन्त छ। यी तीनै दलले ८-८ स्थानमा जितेका छन्। यी दलले नेकपा एमालेलाई पनि पछाडि छाडेका छन्। एमाले अहिलेसम्म ५ स्थानमा मात्र विजयी भएको छ।

माओवादी केन्द्रले जितेका ठाउँ:

  1. सिरहा,कर्जन्हा नगरपालिका:गंगा पासवान
  2. सिरहा,अर्नमा गाउँपालिका: ठकु महतो कोइरी
  3. पर्सा,ठोरी गाउँपालिका: पदम लाल श्रेष्ठ
  4. सिरहा,औरही गाउँपालिका : सिद्धार्थ  यादव
  5. रौतहट,मौलापुर नगरपालिका:रिना साह
  6. रौतहट, यमुनामाई गाउँपालिका: श्रीप्रसाद मुखीया बीन
  7. महोत्तरी, गौशाला नगरपालिकाः शिवनाथ महतो
  8. महोत्तरी, सम्सी गाउँपालिकाः फारूक शेख

राजपाले जितेका ठाउँ:

  1. धनुषा,हंसपुर नगरपालिका:रामज्ञान मण्डल
  2. सर्लाही, कौडेना गाउँपालिका: रामप्रसाद राय यादव
  3. बारा, देवताल गाउँपालिका: चन्दन कुमार सिंह
  4. सप्तरी,डाक्नेश्वरी नगरपालिका: शिवनारायण साह
  5. महोत्तरी, महोत्तरी गाउँपालिका:सुनिल राय
  6. पर्सा: कालिकामाई गाउँपालिका: नथुनी कुशवाह
  7. सप्तरी, रुपनी गाउँपालिकाः हरेराम यादव
  8. सर्लाही, ब्रम्हपुरी गाउँपालिकाः विनोद कुमार शाह

संघीय समाजवादी फोरमले जितेका ठाउँ:

  1. सिरहा,विष्णुपुर गाउँपालिका:जागेश्वर यादव
  2. सिरहा,भगवानपुर गाउँपालिका:बेचनप्रसाद यादव
  3. सर्लाही,पर्सा गाउँपालिका:किसुनदेव राय
  4. महोत्तरी, सोनमा गाउँपालिकाः राजकुमार यादव
  5. पर्सा, विन्दवासिनी गाउँपालिकाः श्रीलाल शाह कानु
  6. बारा, पचरौता नगरपालिकाः रमेश कुमार यादव विजयी
  7. सप्तरी, तिरहुत गाउँपालिकाः हेमन्तकुमार बहडखेर
  8. रौतहट, देवाही गोनाही नगरपालिकाः धर्मेन्द्र पटेल

एमालेले जितेका ठाउँ:

  1. सप्तरी, सप्तकोशी नगरपालिका: उत्तम कुमार शर्मा
  2. पर्सा,पटेर्वा सुगौली गाउँपालिका:हरिनारायण चौधरी
  3. धनुषा,मुखियापट्टी मुसहरनिया गाउँपालिका:मनोज यादव
  4. धनुषा,बटेश्वर गाउँपालिका:डम्बर बहादुर राउत
  5. सिरहा, नरहा गाउँपालिकाः रामशरण यादव
  6. सिरहा, सखुवानान्कारकट्टी गाउँपालिका, केदारनाथ यादव

यी दलमध्ये राजपाले सबभन्दा बढी १७ स्थानमा अग्रता हासिल गरेको छ भने फोरमले १२ र माओवादीले १० स्थानमा अग्रता लिएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.