दुई नम्बर प्रदेशमा सम्पन्न स्थानीय तह निर्वाचनको जारी मतगणनामा लहान नगरपालिकाको पछिल्लो नतिजा प्राप्त भएको छ।
सिरहाको लहान नगरपालिका मेयरमा नेकपा एमालेका मुनी साहु सुडीले अग्रस्थान हासिल गरेका छन्। यहाँ १८ हजार ९ सय ६७ मत गन्दा सुडीले ६३११ मत प्राप्त गरेका छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अचमित लाल चौधरीले ५५०० मत ल्याएका छन्।
तेस्रो स्थानमा रहेको राष्ट्रिय प्रजातान्त्रिक पार्टीका लगनलाल चौधरीले ३०९२ मत पाएका छन् भने संघीय समाजवादी फोरम नेपालका वैद्यनाथ प्रसाद साह तेलीले २८७६ मत ल्याएका छन्। माओवादी केन्द्रका खड्गनारायण चौधरी ९०७ मत ल्याएर पाँचौं स्थानमा छ।
उपमेयरमा एमाले र कांग्रेसबीच तीव्र प्रतिस्पर्धा छ।
यहाँ एमालेकी सरियारकुमारी चौधरी ६१७६ मत ल्याएर अग्रस्थानमा छिन्। उनलाई पछ्याइरहेको नेपाली कांग्रेसकी पुनम चौधरीले ६०९८ मत ल्याएकी छन्।
त्यस्तै, संघीय समाजवादी फोरम नेपालकी रितादेवी यादव २९५१ मत ल्याएर तेस्रो स्थानमा छिन् भने राष्ट्रिय प्रजातान्त्रिक पार्टीकी समीना खातुनले २२८८ मत ल्याएकी छन्। उपमेयरमा पनि माओवादी केन्द्र पाचौं स्थानमा छ। यहाँ माओवादी केन्द्रकी रिक्मा विकले ९७५ मत ल्याएकी छन्