लहानमा एमाले उम्मेदवार १३ सय मतले अगाडि


सिरहाको लहान नगरपालिकामा एमाले उम्मेदवारल मुन्नी साहले सुरुआती अग्रतालाई फराकिलो बनाउँदै गएका छन्। १६१७१ मत गणना हुँदा मुन्नले ५६८० मत पाएका छन् भने उनका निकट प्रतिस्पर्धी कांग्रेसका अच्मितलाल चौधरीले ४३८८ मत पाएका छन्। तेस्रो स्थानमा रहेका संघीय समाजवादी फोरमका वैद्यनाथप्रसाद साहले २६९५ मत पाएका छन्।

उपमेयरमा पनि एमाले उम्मेदवार ५ सय बढी भोटले अगाडि छन्। एमाले उम्मेदवार सरियार कुमारी चौधरले ५४६५ मत ल्याउँदा कांग्रेस उम्मेदवार पुनम चौधरीले ४९४१ मत पाएकी छन्। मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.