सर्लाही जिल्लाको ब्रह्मपुरी र सप्तरीको रुपनी गाउँपालिकामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल विजयी भएको छ। यी दुई नतिजासँगै राजपा नेपालको विजय संख्या ८ पुगेको छ।
सर्लाहीको ब्रह्मपुरीमा राजपाका विनोदकुमार साह आफ्ना निकट प्रतिद्वन्द्वीभन्दा दोब्बर बढी मत ल्याएर विजयी भएका छन्। उनले ४२३७ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकले १८५८ मत ल्याएको छ।
उपमेयरमा पनि राजपा नेपालकी गीतादेवी रे ४३४३ मत ल्याएर विजयी भएकी छन्। उनकी निकट प्रतिद्वन्द्वी राप्रपा प्रजातान्त्रिकले १६७६ मत ल्याएको छ।
त्यस्तै, सप्तरीको रुपनी गाउँपालिकामा राजपा नेपालका हरेराम यादव ४०६८ मत ल्याएर विजयी भएका छन्।
यसबाहेक राजपाले धनुषाको हंसपुर नगरपालिका (रामज्ञान मण्डल), सर्लाहीको कौडेना गाउँपालिका (रामप्रसाद राय यादव), बाराको देवताल गाउँपालिका (चन्दनकुमार सिंह), सप्तरीको डाक्नेश्वरी नगरपालिका (शिवनारायण साह), महोत्तरीको महोत्तरी गाउँपालिका (सुनिल राय) र पर्साको कालिकामाई गाउँपालिका (नथुनी कुशवाह) मा विजय हासिल गरेको छ।
यी आठ जितसँगै राजपा नेपाल कांग्रेसलाई पछ्याउँदै दोस्रो स्थानमा छ। कांग्रेस अहिलेसम्म १० स्थानमा विजयी भएको छ।
प्राप्त पछिल्लो परिणामअनुसार राजपाले अझै १६ स्थानमा अग्रता लिइरहेको छ।
राजपाले अग्रता लिएका स्थानीय तह निम्न छन्:सिरहाकल्याणपुर नगरपालिका
धनुषाजनकपुर उपमहानगरपालिका
रौतहटगढीमाई नगरपालिका
गौर नगरपालिका
बारापरवानीपुर गाउँपालिका
पर्चौता गाउँपालिका
पर्सौनी गाउँपालिका
सिम्रौनगढ नगरपालिका
महोत्तरी जलेश्वर नगरपालिका
मटिहानी नगरपालिका
भंगाहा नगरपालिका
मनरा शिवसा नगरपालिका
सर्लाही चन्द्रनगर गाउँपालिका
गोडैता गाउँपालिका
बलरा नगरपालिका
बसबरिया गाउँपालिका