सिरहा नगरपालिकामा जारी मतगणनामा हालसम्म प्राप्त परिणामअनुसार नेपाली कांग्रेस ९१७ मतले अग्रस्थानमा छ।
यहाँ १२ हजार ३ सय ४ मत गनिसक्दा कांग्रेसका मेयर उम्मेदवार सुभाषचन्द्र यादवले ४१६१ मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशेश्वरप्रसाद यादवले ३२४४ मत पाएका छन्। नेकपा एमालेका नवीन यादव ३१८९ मतका साथ तेस्रो स्थानमा छन्।
उपमेयरमा पनि नेपाली कांग्रेसकी श्यामदेवी गुप्ता अग्रस्थानमा छिन्। उनले ४१५० मत ल्याएकी छन्। उनका निकट प्रतिद्वन्द्वी एमालेकी नमीता यादवले ३२५३ मत पाएकी छन्।