महोत्तरीको सोनमा र पर्साको बिन्दबासिनीमा फोरम विजयी


महोत्तरी जिल्लाको सोनमा गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरम नेपालका राजकुमार यादव विजयी भएका छन्। उपप्रमुखमा पनि फोरमकै विभाकुमारी साह विजयी भएकी छन्।

पर्सा जिल्लाको बिन्दबासिनी गाउँपालिकामा पनि संघीय समाजवादी फोरम नै विजयी भएको छ। उक्त गाउँपालिका प्रमुखमा फोरमका श्रीलाल साह कानु (मोदी) विजयी भएका छन्।

यी दुई विजयसँगै फोरमले पाँच स्थानमा जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.