कांग्रेसी घरबेटी र राजपाका डेरावालबीच झगडा हुँदा निर्दोषको मृत्यु


रौतहटमा कांग्रेसी घरबेटी र राजपा समर्थक डेरावालबीचको विवादमा एकजना निर्दोषको ज्यान गएको छ।

प्रहरीका अनुसार, घरबेटीले आफ्नो पार्टीका उम्मेदवारलाई किन भोट नदिएको भन्दै प्रश्न गरेका थिए।उनले आफ्नो घरमा बसेर अर्को पार्टीका उम्मेदवारलाई भोट दिएको भन्दै सुरूमा डेरावालसँग निहुँ खोजेका थिए।

लगत्तै दुईपक्षबीच भनाभन सुरू भयो। राती ११ बजे दुई पक्षबीच भनाभनसँगै हात हालाहाल भएछि छुट्याउन पुगेका रामपुकार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ।

रौतहटका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले घटनासँग सम्बन्धित नरहेका र छुटयाउन पुगेका निर्दोषको दुवैपक्षकको कुटाईबाट ज्यान गएको बताए।

‘यो राजनीतिक घटना होइन, राजनीतिक सोचबाबाट भएको व्यक्तिगत घटना हो’, उनले भने, ‘हामीले घटनामा संलग्न सबैलाई पक्राउ गरिसकेका छौँ।’

घटनामा संलग्न रहेका घरबेटी र उनकै घरमा बस्ने व्यक्तिबिचको सम्बन्धमाथि थप अनुसन्धान भैरहेको उनले बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.