सर्लाहीको धनकौल गाउँपालिकामा कांग्रेस विजयी


 

सर्लाहीको धनकौल गाउँपालिका प्रमुख र उपप्रमुख नेपाली कांग्रेसले जितेको छ। कांग्रेसका राम आश्रय साहले ४ हजार ५ सय २१ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दि माओवादी केन्द्रका गौरीशंकर साहले ३ हजार २ सय ८२ ल्याएका थिए।

उपप्रमुखमा पनि कांग्रेसकै अकली सहनी विजयी भएकी छिन्। उनले ४ हजार २ सय ६१ मत ल्याएकी छन्।

धनकौलका ७ वडा मध्ये ३,४,५ र ६ गरि ४ वडामा माओवादी प्यानलसहित विजयी भएको छ भने १,२ र ७ नम्बर गरि ३ वडामा कांग्रेसले प्यानल जितेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.