प्रदेश नम्बर २ अन्तर्गत सोमबार निर्वाचन भएको धनुषाका १८ स्थानीय तहमध्ये १३ स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ।
यसअनुसार संघीय समाजवादी फोरमले ४ वटा स्थानमा अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेस र एमाले ३-३ स्थानमा अगाडि रहेर टक्करमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ र राजपा नेपालले १ स्थानमा अग्रता हासिल गरेको छ।
कांग्रेस:
- धनुषाधाम नगरपालिका
- मिथिलाविहारी गाउँपालिका
- बटेश्वर गाउँपालिका
एमाले:
- मिथिला नगरपालिका
- मुखियापट्टी मुसहरमिया गाउँपालिका
- औरही गाउँपालिका
संघीय समाजवादी फोरम:
- कमला नगरपालिका
- क्षिरेश्वरनाथ नगरपालिका
- हंसपुर नगरपालिका
- जनकनन्दनी गाउँपालिका
माओवादी केन्द्र:
- सवैला नगरपालिका
- धुनषाधाम नगरपालिका
राजपा नेपाल:
- जनकपुर उपमहानगरपालिका