वीरगन्जमा कांग्रेसको लगातार अग्रता


वीरगन्ज महानगरपालिकामा २ हजारभन्दा बढी मत गणना गर्दा कांग्रेस उम्मेदवारले अग्रता कायम राखेका छन्।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई उछिन्दै नेपाली कांग्रेसले अग्रता कायम राखेको छ।

प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदी ८३५ मतका साथ अग्रस्थानमा उक्लेका छन्। गणना सुरु भएदेखि नै अग्रता लिँदै आएको राजपाका राजेशमान सिंह दोस्रो स्थानमा झरेका छन्। उनले पाएको मत ७१० छ।

संघीय समाजवादी फोरमका विजय सरावगी ३६२ मतका साथ तेस्रो स्थानमा छन्।

यहाँ एमालेका उम्मेदवार वसरुद्दिन अन्सारीको अवस्था अत्यन्तै कमजोर छ। उनी माओवादी केन्द्र र लोकतान्त्रिक फोरमभन्दा पछाडि परेका छन्।माओवादी केन्द्रका रहबर अन्सारी २७७ मत ल्याएर चौथो स्थानमा छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.