सिरहा नगरपालिकामा कांग्रेसको अग्रता


सिरहाको सिरहा नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ।

कांग्रेसका सुभाषचन्द्र यादवले १२४३ मतका साथ अग्रता लिएका हुन्। कांग्रेसलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार नविनकुमार यादवले ११२५ मत प्राप्त गरेका छन्। तेस्रो स्थानमा रहेको संघीस समाजवादी फोरमले अशेश्वरप्रसाद यादवले १०८९ मत ल्याएका छन्।

उपमेयर पदमा पनि कांग्रेसका श्यामाकुमारी गुप्ता कमलापुरी १२३८ मतका साथ अग्र स्थानमा छिन्। उनलाई पछ्याउँदै एमालेका नमिता यादवले ११६१ मत ल्याएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.