मलंगवाको मेयरमा कांग्रेस अगाडि, वडामा राजपा


सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्।

वडा नम्बर एकको ५५९ मत गणना हुँदा कांग्रेस उम्मेदवार २३५ मतका साथ पहिलो स्थानमा छन्। दोस्रोमा राजपा उम्मेदवार छन्। राजपाले १२७ मत पाएको छ भने १२५ मतका साथ तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार छन्।

वडा नम्बर एकको अध्यक्ष भने राजापाले जितेको मुख्य निर्वाचन अधिकृत सूर्यप्रसाद अधिकारीले जानकारी दिए। अहिले वडा नम्बर २ र ३ को मतगणना जारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.