बाढीका कारण लालबन्दीमा मतगणना सुरु हुन सकेन

फाइल तस्बिर।


सर्लाहीको लालबन्दी नगरपालिकाको मतगणना ढिलाई हुने भएको छ। बाढीका कारण मतपेटिका संकलन नै ढिलाई भएपछि गणना पनि ढिलाई हुने भएको हो।

निर्वाचन अधिकृत बाबुराम अधिकारीले सात/आठ ठाउँमा खोला तारेर मतपेटिका ल्याउनुपर्ने तर कर्मचारी खोला तर्न नसकेको बताए। ‘मतपेटिका संकलन नै बिहान १० बजेसम्म होला, अधिकारीले भने, ‘त्यसपछि गणना सुरु गर्नुपर्ला।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.