भ्रष्टाचारले सरकार धरासायी – कमल थापा


राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा धमिरा लागिसकेको कारण सरकार धरासायी हुन सक्ने बताएका छन् ।

भ्रष्ट्राचारका कारण सरकार सबै क्षेत्र कमजोर भएका कारण जुन सुकै बेला पनि सरकार धरासाही हुन सक्ने बताए । सरकारका मन्त्रीहरू र सरकारमा रहेका दलहरू नै भ्रष्टचारमा डुबेका कारण ठूला दलहरूको विश्वसनियता घट्दै गएको बताए ।

उनले नेपाल आयल निगम जग्गा खरीदमा निगमका महाप्रबन्धक मात्रै नभएर मन्त्री देखि ठूला दलका नेतासम्म संलग्न रहेको आरोप लगाए । राष्ट्रिय प्रजातन्त्र पार्टीको पश्चिमाञ्चल भेलालाई पोखरामा सम्बोधन गर्दै थापाले आयल निगमको भ्रष्टचार दिनहुँ संचार माध्यममा आउँदा पनि सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।

उनले निर्वाचन आयोग सत्तामा रहेका दलहरूको लाचार छायाँ बनेको उनको आरोप थियो । ‘निर्वाचन आयोग दिनँहु विज्ञप्ति मार्फत आचार संहिता मिचियो भन्छ,’ उनले भने ‘तर आचारसंहिता मिच्नेमा सबै भन्दा पहिले मन्त्रीहरू छन्।’ उनले भने निर्वाचन आयोगलाई कसैले नटेरेको बताए ।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई फुटाउन देशी विदेशी तत्व लागेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी पार्टी ठूलो हुने डरले फुटाएको बताए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन हार्नुमा अन्य दलहरूले जस्तै खर्च गर्न नसक्नु, पार्टीबाट संवैधानिक  राजतन्त्र हटाउनु, हिन्दु राज्य हटाउनु लगाएतका कारणले स्थानीय निर्वाचमा ठूलो परिणाम पराजित हुन पुगेको बताए ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.