मन्त्री कोइरालाले भनिन्ः महिला र बालबालिकाको विकासकोलागि प्रतिवद्ध भएर काम गर्छु

मन्त्री कोइरालाले भनिन्ः महिला र बालबालिकाको विकासकोलागि प्रतिवद्ध भएर काम गर्छु


महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइरालाले पदभार गरेको डेढ महिनाभित्र भएको काम र आगामी दिनको कार्ययोजना प्रस्तुत गरेकी छन्।

सिंहदरबारस्थित मन्त्रालयको कार्यलमा पत्रकार सम्मेलन गर्दै उनले ३७ बुँदे कार्ययोजना सार्वजनिक गर्दै महिला तथा बालबालिकाको क्षेत्रमा विषेश काम गर्ने प्रतिवद्धता जनाएकी छन्।

मन्त्री कोइरालाले कार्ययोजना ३७ बुँदे भएपनि महिला, बालबालिका, अपाङ्गता, जेष्ठ नागरिक, गैर सरकारी संस्थालाई मुख्य प्राथमिकता दिएर कार्ययोजना अगाडी बढाइएको बताइन्।

उनले भनिन्,‘मन्त्रालयका नियमित कामहरु चलिरहन्छन् तर मेरो कार्यकालमा विषेशत यी विषयमा फरक तरिकाले काम गर्ने योजना बनाएकी छु, केही भएपनि परिवर्तनको महसुस हुन सकोस भन्ने मेरो उदेश्य हो।’

मन्त्री कोइरालाले सबै स्थानीय तहमा महिला, अपाङ्गता भएका व्यक्ति, बालबालिका, जेष्ठ नागरिक सबैको लागि उद्दार केन्द्र निर्माण गर्ने घोषणा भएको जानकारी दिँदै यसको कार्यन्वयन दशैं लत्ततै हुने बताइन्।

उनले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत महिलाको राजनीतिक, आर्थिक, सामाजिक र नेतृत्व तहको विकाशको लागि विषेश कार्यक्रम सुरु गर्ने पनि बताइन्। उनले भनिन् ‘यस कार्यक्रमको लागि हामीले कार्यविधिमा पनि केही हेरफेर गर्ने तयारीमा जुटेको छौं, दशैंपछि यसको कार्यन्वयन सुरु हुन्छ।’

मन्त्री कोइरालाले स्थानीय तहको निर्वाचनमा विजयी भइ पदभार ग्रहण गरेका प्रमुख पदका महिलाहरुको कार्यक्षमता बृद्दिको लागि पहिलो चरणको प्रशिक्षण तालिम सुरु गर्ने र त्यसपछि दोस्रो चरणमा वडा अध्यक्ष र सदस्यहरुको प्रशिक्षण सुरु गर्ने पनि बताइन्।

प्रेस काउन्सिल नेपालकी सदस्य संगीता खड्काले सबै नियमित काम आफ्नो ठाउँमा भएपनि मुख्य रुपमा तत्काल दुर्घटना र हिंसाको सिकार भएकी महिलाको उद्दार गर्न संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिइन्।

मन्त्री कोइरालाई सहभागी पत्रकारहरुल विषेश गरेर विदेश गएका महिलाको समस्याको सम्बोधन गर्न, बालबालिकाहरुको सुरक्षा र अपराधको सिकार हुन बाट रोक्न, न्याय नपाएका महिलाको उद्दार र राहतमा जुट्न सुझाव दिएका थिए।

मन्त्री कोइरालाले पनि आफ्नो कार्यकालभरि महिला र बालबालिकाकै पक्षमा काम गर्ने र योजनाहरु कार्यन्वयन गर्नेमा जोड दिने प्रतिवद्दता व्यक्त गरेकी थिइन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.