माओवादी केन्द्र संघीयता विरोधी पार्टी हो: राजपा

माओवादी केन्द्र संघीयता विरोधी पार्टी हो: राजपा

फाइल तस्बिर।


राष्ट्रिय जनता पार्टी नेपालले  स्थानीय चुनावका लागि बिहीबार घोषणा पत्र सार्वजनिक गरेको छ। घोषणा पत्रमा राजपा सत्तारुढ दल नेकपा माओवादीप्रति निकै कडा रूपमा प्रस्तुत भएको छ।

राजधानीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको राजपाको घोषणा पत्रमा    माओवादी केन्द्रलाई लोकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टीको संज्ञा दिइएको छ।

घाेषणापत्रको अन्य पार्टीहरूबारे राजपा नेपालकाे दृष्टिकोण शीर्षकमा राजपाले कांग्रेस र एमालेभन्दा माअाेवादीका लागि बढि शब्द खर्च गरेकाे छ। `नेकपा माअाेवादी केन्द्र लाेकतान्त्रिक प्रणालीमाथि विश्वास नराख्ने पार्टी हाे। शक्तिका बलमा सत्ता कब्जा गर्ने नीतिबाट याे पार्टी सञ्चालित छ। माअाेवादीकाे मूल चरित्र संघीयता विराेधी हाे,´ घाेषणापत्रमा भनिएकाे छ,`ऐतिहासिक जनअान्दाेलनका क्रममा सहिद रमेश महताेका हत्यारा र ५२ जना मधेसी सहिद सपुतहरूकाे हत्याका लागि समेत मुख्य जिम्मेवार माअाेवादी केन्द्र नै हाे।´

पत्रकार सम्मेलनमा राजपा अध्यक्ष मणडलका नेता राजेन्द्र महताेले भने माअाेवादीलाई अलाेकतान्त्रिक पार्टी भन्न नमिल्ने बताए ।उनले अाफ्नाे पार्टी कुनै पार्टीको पक्ष/विपक्षमा नरहेको दाबी गरे।

राजपाले एमालेलाई संघीयता र समावेशीकरणका विरोधमा रहेकाे ढुलमुले चरित्र बाेकेकाे मधेशप्रति अनुदार पार्टी भएको अाराेप लगाएको छ।

नेपाली काँग्रेस लाेकतान्त्रिक प्रणाली, संघीयता र समावेशी लाेकतन्त्रका लागि प्रतिवद्ध भए पनि मधेसमैत्री नभएको अाराेप राजपाले लगाएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.