उम्मेदवार चयन गर्न राजपाको बैठक बस्दै


असोज २ गते हुने तेश्रो चरणको स्थानीय निर्वाचनको लागि उमेदवार तय गर्न राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको अध्यक्ष मण्डलको बैठक बसेको छ।

पार्टी कार्यालय बबरमलमा बसेको अध्यक्ष मण्डलको बैठकले उमेदवारको टुंगो लगाउने राजपाका महासचिव केशब झाले बताए। निर्वाचनका लागि भदौं २१ गते उमेदवारी दर्ता गर्नुपर्छ।

आकांक्षीहरु धेरै भएकोले राजपालाई उमेदवार चयन गर्ने हम्मे हम्मे परेको छ । उमेदवारको चयनका लागि राजपाले केन्द्रीय स्तरबाट तराई मधेसका आठ जिल्लामा नेताहरु पठाएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.