पाँच दिन भित्र उम्मेदवार चुन्न कांग्रेसले दियो स्थानीय संयन्त्रलाई निर्देशन


 

कांग्रेस कार्यसम्पादन समितिको बैठकले २ नम्बर प्रदेशका स्थानीय तहका लागि पाँच दिन भित्र उम्मेदवार चयन गरेर नामावली पठाउन क्षेत्र र जिल्लालाई परिपत्र गर्ने निर्णय गरेको छ।

मंगलबार दिनभर बसेको समितिको बैठकले यस्तो निर्णय गरेको नेता मिनेन्द्र रिजालले बताए।

‘पहिलै पठाएको सर्कुलरको प्रकृया पुरा गरि उम्मेदवार चयन गरेर पठाउन पाँच दिनको समय दिने निर्णय भएको छ,’ उनले सेतोपाटीसंग भने।

प्रदेश २मा पनि अन्य प्रदेशमा जसरी उम्मेदवारी चयन हुने छ।

बैठकमा भने छिटो र कम विवादित बनाउनका लागि क्षेत्रीय  संयन्त्रमा परिमार्जन गर्नुपर्ने कुरा उठेको थियो।

पहिलेका चुनावमा उम्मेदवारी चयन ढिलो भएको र कार्यकर्ताले प्रचारप्रसार राम्रो संग गर्न नपाएकोले २ नम्बरमा भने छिटै चयन गर्नुपर्नेबारे छलफल भएको नेता बालकृष्ण खाणले बताए।

संयन्त्रलाई अल्लि बढि अधिकार दिनुपर्ने कुरा उठेपनि पहिलेझैँ उम्मेदवार चयन गरेर नामावली पठाउन भनिएको छ। यसका लागि संयन्त्रलाई ५ दिनको समय दिइएको हो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.