संविधान संशोधन नभइ निर्वाचनमा नजान राजपा नेतृत्वलाई दबाब

संविधान संशोधन नभइ निर्वाचनमा नजान राजपा नेतृत्वलाई दबाब




राजपाको जारी केन्द्रीय कमिटीमा बोल्ने नेताहरुले संविधान संशोधन नभइकन निर्वाचनमा जान नहुने धारणा राखेका छन्।

संविधान संशोधनका लागि सरकारले नै पहल नगरेको भन्दै नेताहरुले यथास्थितिमा निर्वाचनमा जान नहुने बताएका थिए।

केन्द्रीय कमिटीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न ३० वटा समूह बनाइएको थियो। अहिलेसम्म १३ वटा समूहका टोली नेताहरुले समूहको धारणा राखेका छन्।

समूहको धारणा राख्ने अधिकांश टोली नेताले सरकार बनाउन सक्ने दलहरुले संविधान संशोधन गर्न किन सकेनन् भन्ने प्रश्न गरेको राजपा महासचिव चन्दा चौधरीले सेतोपाटीलाई बताइन्।

‘हामीलाई अल्मल्याउने काम भइरहेको छ। सरकार बनाउन दुई तिहाई बहुमत पुग्छ भने संविधान संशोधनका लागि किन पुग्दैन?’, टोली नेताको भनाइ उदृत गर्दै चौधरीले भनिन्, ‘संविधान संशोधन भएन भने सशक्त रुपमा आन्दोलन गर्नुपर्छ।’

कतिपय टोली नेताहरुले संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने र सांसदहरुले पनि राजिनामा दिनुपर्ने धारणा राखेका थिए।

टोली नेताहरुले पार्टीको विधान परिमार्जन गर्नुपर्ने सुझाब पनि दिएका थिए। उनीहरुले महाधिवेशनपछि अध्यक्ष मण्डल नराखेर एउटा मात्रै अध्यक्षको व्यवस्था गर्नुपर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.