बन्दले पूर्वको जनजिवन प्रभावित

बन्दका बेला निर्वाध चलेका लामो दूरीका सवारी साधन। तस्बिरः विनोद सापकोटा/सेतोपाटी


अरूण पूर्वका ९ जिल्लालाई लिम्बुवान हुनुपर्ने माग राख्दै आएको लिम्वुवान र राष्ट्रिय जनमुक्ति पार्टी ले आईतबार आव्हान गरेको बन्दका कारण झापा लगायत पूर्वको जनजीवन प्रभावित भएको छ। राजमार्गमा सगरमाथा यातायातद्धारा संचालित यात्रुवहाक बसबाहेक अन्य कुनै यातायातका साधन चलेनन्। काकडभिट्टाबाट छुट्ने सगरमाथा यातायातका यात्रुबहाक बस धरान र विराटनगर पुगेर पुन गन्तव्य काकडभिट्टा फर्किएको सगरमाथा यातायातले जनाएको छ।

बन्दका कारण जिल्लाका एकाध सामुदायिक विद्यालय र अधिकांश संस्थागत विद्यालय खुल्न सकेनन्। जसका कारण विद्यार्थी नराम्ररी प्रभावित भएका छ। जिल्लाका बजार, उद्योगधन्दा, कलकारखाना भने सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार जिल्लाका दमक, विर्तामोड, झिलझिले, भद्रपुर, धुलावारी, शनिश्चरे, गौरादह, शिवगञ्ज लगायतका बजार बिहानै देखि खुलेका थिए।

यता ईलामको मेची राजमार्ग अन्तर्गत छोटा दुरीमा फाट्टफुट्ट रुपमा सवारी सञ्चालनमा आए पनि लामो दुरीका सवारीहरु भने चलेनन्।  इलामसहित जिल्लाका व्यापारिक केन्द्रहरु फिक्कल, पशुपतिनगर, तीनघरे, मंगलबारे, नयाँबजार लगायतका क्षेत्रमा पसल तथा बजार खुल्लानै रहेका थिए।

बन्दका कारण पूर्वका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात का साधन छिटफुट रुपमा संचालन मा आएको पुर्व क्षेत्रिय प्रहरी कार्यलय विराटनगरले जनाएको छ ।

साउन २२ गतेलाई कालो दिन को रुपमा राष्ट्रिय जनमुक्ति पार्टी र लिम्बुवान ले मान्दै आएको छ । विसं १८३१ साल साउन २२ गते कै दिन पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा लिम्बुवान राज्य खोसेको भन्दै लिम्बूवानले हरेक वर्ष साउन २२ लाई ‘कालो दिन’ दिनका रुपमा मनाउदै आएका छन्।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.