नक्कली हस्ताक्षर प्रयोग गरेर पार्टी फुटाएको कमल थापाको आरोप


नयाँ पार्टी गठन गर्न पशुपति शमशेर पक्षले संसद र निर्वाचन आयोगमा लगेका केन्द्रिय सदस्यका अधिकांश हस्ताक्षर नक्कली भएको राप्रपा अध्यक्ष कमल थापाले बताएका छन्।

शमशेरपक्षले १९ संसद सहित ४० प्रतिशत केन्द्रिय सदस्यको हस्ताक्षर लिएर आयोग र संसद सचिवालयमा नयाँ दल दर्ता गर्न गएपछि आइतबार साँझ उनले सामाजिक सञ्जाल ट्वीटरमा यस्तो प्रतिकृया दिएका हुन्। उनले पार्टी विभाजन गर्नुलाई दुर्भाग्यपूर्ण पनि भनेका छन्।


‘एकता महाधिवेशन सम्पन्न भएको छ महिना नपुग्दै पार्टी फुटाउने काम दुर्भाग्यपूर्ण। अधिकांश हस्ताक्षर नक्कली। बिचलित नहुन कार्यकर्तालाई आह्वान,’ उनले ट्वीट गरेका छन्।

संसद सचिवालय स्रोतका अनुसार शमशेरको नेतृत्वमा राप्रपा प्रजातान्त्रिकको नाममा नयाँ पार्टी दर्ता गर्न १९ सांसदको हस्ताक्षर सचिवालयमा बुझाएका छन्।

तर सचिवालयले राप्रपा प्रजातान्त्रिकको नाममा संसदीय दल गठन गर्न पहिले आयोगमा नयाँ पार्टी दर्ता भएको प्रमाण लिएर आउन भनेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.