भरतपुर १९ को पहिलो मतपरिणाम सार्वजनिक, रेणु दहालको अग्रता

भरतपुर १९ को पहिलो मतपरिणाम सार्वजनिक, रेणु दहालको अग्रता


भरतपुर महानगरपालिका वडा नम्बर १९मा शुक्रबार भएको चुनावको पहिलो नतिजा सार्वजनिक भएको छ। १९ वडाका  ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणुदहालले अग्रता लिएकी छन्। उनको २ सय ४ मत आएको छ। एमालेका मेयर उम्मेदवार देवी ज्ञावलीको १ सय ४५ मत आएको छ।

उक्त वडामा शुक्रबार पुन:मतदान भएको थियो। पहिलो चरण निर्वाचनको मतगणनामा मतपत्र च्यातिएपछि निर्वाचन आयोग र अदालतले त्यहाँ पुन मतदान गर्न भनेका थिए।

मतदान सकिएपछि बसेको सर्वदलिय बैठकले आजै रातीबाट मतगणना सुरु गर्ने निर्णय गरेको थियो। मतगणनास्थलमा एउटा पार्टीबाट ९ जना प्रतिनिधि छन्। त्यस्तै चार समुहमा बाँडेर मतगणना भइरहेको छ।

भरतपुर १९ मा ३ हजार ७ सय ९७ मतदाता मध्ये २ हजार ८ सय ७० मत खसेको छ। पहिलो चरणको निर्वाचनमा भन्दा २७ मत कम खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।

पहिलो चरणको निर्वाचनमा भरतपुर १९ मा २ हजार ८ सय ९७ मत खसेको थियो ।

महानगरमा २९ वडा वडा छन्। ति मध्ये २७ वटा वडाको मतगणना सकिइसकेको छ। २७ वडाको मतपरिणाममा भने एमले उम्मेदवार ज्ञावली अघि थिए। उनकव ४० हजार ९ सय ८० मत थियो। माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार दहालको ४० हजार १ सय ९४ मत आएको थियो।

भरतपुरमा अब वडा नम्बर १९ र २० को मतगणना बाँकी छ।

 

 

 

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.