नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले मन्त्रिपरिषद विस्तारलाई लिएर आफ्नो कुनै गुनासो नरहेको बताएका छन्।
पार्टीले राम्रा र योग्य टिम सरकारमा पठाएको श्रेष्ठले दाबी गरेका छन् । सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दे श्रेष्ठले समावेसी सिद्धान्तका आधारमा नयाँ अनुहारलाई सरकारमा पठाउनु उदाहरणीय रहेको उनले बताएका छन्।
सरकार गठनको विषयलाई लिएर आफूले पार्टीका नेताहरु विरुद्ध कुनै प्रतिक्रिया नदिएको समेत उनले स्पष्ट पारेका छन्।
सरकारमा आफ्नो सहभागितबारे छलफल चलेको भए पनि यस विषयलाई लिएर आफूले पार्टी नेताको आलोचना नगरेको उनले बताएका छन् ।
‘म पार्टीको मुख्य सचेतक जस्तो जिम्मेवार पदमा रहेर काम गर्दै आइरहेको छु । आगामी दिनमा पनि पार्टीले दिएको जिम्मेवारी र निर्देशन पालना गर्नेछु,’ श्रेष्ठले सेतोपाटीसँग भने, ‘मैले नभनेको विषयलाई लिएर पार्टी सभापतिको बदनाम गर्ने काम भएको छ।’