सर्वोच्चको ‘फैसलालाई जनमतले जवाफ दिन्छौं’: खनाल


नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालतको निर्णय आश्चर्यचकित पार्ने किसिमको भएको बताएका छन्। यसले मतपत्र च्यात्ने र फेरि चुनाव माग गर्ने प्रवृत्तिलाई प्रोत्साहन मिल्ने उनको भनाइ छ।

एमालेको सूर्योदय नगरपालिकाले निर्वाचित मेयर तथा उपमेयरलाई बधाइ तथा शुभकामना दिन आयोजित कार्यक्रममा नेता खनालले यस्तो बताएका हुन्।

‘नेकपा एमाले यो निर्णयको सम्मान गर्छ,’ उनले भने, ‘गलत कर्मलाई प्रोत्साहन मिल्ने यो फैसलालाई जनमतद्वारा जवाफ दिने छौं।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.