संविधानको रक्षार्थ सबै नेपाली अब एक हुनुपर्छ- उपमहासचिव पौडेल


नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेलले संविधान संशोधनको कार्यसूचीमा आफ्नो दलको अडान यथावत् रहेको बताएका छन्।

प्रेस चौतारी बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने, “कसैको स्वार्थ पूरा गर्न संविधान संशोधनको राजनीतिक खेल खेल्ने चालबाजी हामीले राम्ररी बुझेका छौं, तसर्थ संविधानको रक्षार्थ सबै नेपाली अब एक हुनुपर्छ ।”

एमाले प्रदेश नं ५ का संयोजक पौडेलले तीनै तहको चुनावअघि आफ्नो दल सरकारमा नजाने र आफ्नो ध्यान चुनावबाहेक अन्त नभएको बताए। उनले भने, “निर्वाचनमा सहभागी नहुने दलप्रति सरकार लम्पसार पर्नुहुँदैन, सरकारले कुनै एक दललाई फकाउने बहानामा लोकतन्त्रको मूल्यमान्यता मिच्न मिल्दैन ।” रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.