माओवादी केन्द्रलाई ओलीको आग्रहः चुनाव जित्न एमालेसँग सहकार्य गर्नुहोस्

फाइल तस्बिर।


प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुक एमालेमय हुने बताएका छन्।

अध्यक्ष ओलीले माओवादी केन्द्रलाई चुनाव जित्न एमालेसँग सहकार्य गर्न पनि आग्रह गरे । उनले काँग्रेससँग सति गएका कारण माओवादी केन्द्रले स्थानीय तहको दुई चरणको निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परेको पनि दाबी गरे।

अध्यक्ष ओलीले चुनाव जित्न एमाले हुनैपर्ने तर्क गर्दै बाम शक्तिहरुसँग सहकार्य गरेर अघि बढ्न आफ्नो पार्टी तयार रहेको बताए ।

मंगलबार नेपाल बैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचिन पदाधिकारीहरुलाई आफ्नै निवास बालकोटमा बधाई दिँदै अध्यक्ष ओलीले एमालेले मुलुकमा हुने सबै खालको निर्वाचनमा विजय हासिल गर्ने निश्चितता व्यक्त गरे।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.