मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता


प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिरभित्र सबै तहको निर्वाचन सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले सरकार १ सय ६५ वटै क्षेत्रमा प्रतिनिधि सभा निर्वाचन गर्ने पक्षमा रहेको स्पस्ट पारे। उनले दुईदिन भित्रै निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

काठमाडौंमा आयोजित ५५ औं नेपाल इन्जिनियर्स एशोसिएसनको वार्षिकउत्सवक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि पनि सरकारले निर्वाचन क्षेत्र निर्धारणको काममा ढिलाई नगर्ने उल्लेख गरे।

प्रधानमन्त्री देउवाले राष्ट्र निर्माणमा इन्जिनियरहरुले खेल्दै आएको भूमिकाको पनि खुलेर प्रशंसा गरे। उनले मुलुकको भौगोलिक विकटतालाई चिरेर जनताको आधारभूत आवश्यक्ता पूरा हुने गरी निर्माणको काम अघि बढाउन इन्जिनियरहरुसँग आग्रह गरे।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सम्मान पनि गरिएको थियो ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.