प्रधानन्यायाधीश गोपाल पराजुलीको पदभार ग्रहण यस्तो देखियो (हेर्नुहोस् तस्बिर)


नवनियुक्त प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथ लिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई सोमबार राष्ट्रपति भवन सितल निवासमा आयोजित विशेष समारोहकाबीच पद तथा गोपनियताको सपथ लिएका हुन्। सपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, संवैधानिक अंगका प्रमुखहरु, सर्र्वाेच्च अदालतका न्यायाधिशहरुसहितका विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।
संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधिशमा सिफारिस पराजुलीको नाम अनुमोदन गरेपछि उनलाई आईतबार नै राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश पदमा नियुक्त गरेकी हुन्।

नवनियुक्त प्रधानन्यायाधीश पराजुलीले संसदीय सुनुवाई विशेष समितिको बैठकमा न्यायालयलाई पद्धतिसंगत ढंगले अघि बढाउन कोसिस गर्ने प्रतिवद्धता व्यक्त गरे। सुशीला कार्कीले उमेर हदका कारण पदबाट राजीनामा दिएपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश पराजुलीलाई कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी दिइएको थियो।

हेर्नुहोस् तस्बिरमा

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.