संविधान संशोधनपछि मात्र २ नं प्रदेशको निर्वाचनः उपप्रधानमन्त्री महरा


उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले संविधान संशोधनपछि मात्र २ नम्बर प्रदेशको निर्वाचन गरिने बताएका छन्।

शनिबार बिहान प्रेस सेन्टर दाङले घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन्।

संविधान संशोधन गर्नका लागि नेकपा एमालेले पनि साथ दिनुपर्ने उनको भनाइ छ। उनले सबै दललाई सहमतिमा ल्याएर मात्र चुनाव गराउनको लागि यसअघि सरकारले दुई नम्बर प्रदेशको चुनावको मिति सारेको स्पष्ट पारे।
उपप्रधानमन्त्री महरा शनिबार राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको भवन शिलान्यास कार्यक्रममा सहभागी हुन दाङमा आएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.