बन्द गराउन सक्रिय चार जना पक्राउ

बन्द गराउन सक्रिय चार जना पक्राउ


नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता तथा कार्यकर्ता पक्राउको विषयलाई लिएर गरेको बन्द आह्वानका कारण सुनसरी जिल्लाका केही शैक्षिक संस्था बाहेक अधिकांश शैक्षिक प्रतिष्ठान बिहानैदेखि बन्द छन्।

बन्द सफल पार्नका लागि प्रचारप्रसारमा संलग्न नेकपा धरान नगर इन्चार्ज सुरज राई, सङ्खुवासभा चैनपुर– ९ घर भई धरानमा नै बस्दै आएका नताशा सुवेदी, झापा घर भएका सचिवालय सदस्य पुष्प न्यौपाने र झापा बिर्तामोडका आर्यन अधिकारीलाई सोमबार राति धरानको भानुचोकबाट पक्राउ गरिएको छ। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.