बन्दका कारण विद्यालय प्रभावित

बन्दका कारण विद्यालय प्रभावित


नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मंगलबार आह्वान गरेको नेपाल बन्दका कारण राजधानी उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।

बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ। निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन ९प्याब्सन० का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए।

सो पार्टी निकट अनेरास्ववियु क्रान्तिकार का उपाध्यक्ष लालबहादुर तामाङले आफ्ना कार्यकर्ताको पक्राउ र निजी विद्यालयको चर्को शुल्क फिर्ता नभएका कारण बन्द आह्वान गर्नुपरेको बताए। रासस

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.