तन्नेरी कोहलपुर नगरमा ७० वर्षिय रावतको ह्याट्रिक


पश्चिम नेपालको केन्द्र बिन्दु हो बाँकेको कोहलपुर। नेपालगञ्ज, धनगढी र सुर्खेतको लागि केन्द्रको रुपमा कोहलपुरको विकास भएको छ। पुर्ब पश्चिम राजमार्गले कोहलपुर हुँदै पश्चिम नेपालका सहरहरु जोड्छ। चौराहको रुपमा रहेको कोहलपुर तीब्र गतिमा बिकास भैरहेको छ।

करिब ४ बर्ष पहिले नगरपालिका बनेको तन्नेरी शहर कोहलपुरले यसपालि ७० वर्षिय पाका र अनुभवी मेयर पाएको छ।

मेयरमा निर्बाचित लुट बहादुर राबत तेस्रो पटक कोहलपुरमा जनप्रतिनिधिको रुपमा निर्बाचित भएका हुन्। बाँकेमा एमालेले सबै भन्दा पाका, अनुभबी र लोकप्रिय नेता हुन राबतलाई यसपटक दाउमा राखेको थियो। राबतले २०४८ सालमा कोहलपुर गाउँ बिकास समितिको अध्यक्षमा निर्बाचित भएर ५ बर्ष काम गरेका थिए। २०५४ सालमा दोस्रो पटक भएको स्थानीय निर्बाचनमा पनि एमालेले राबतलाई उम्मेबार बनायो। राबत जीते। गाबिस अध्यक्ष राबतले कोहलपुरलाई नगर उन्मुख बनाउन भूमीका खेले। पुर्बाधारहरु खडा गरे।

कोहलपुरको बिकास तिब्र गतिमा अगाडि बढ्यो। सानो र अव्यवस्थित छाप्राहरु बजारको रुपमा बिकसित हुँदै शहरमा परिणत भयो। राबतकै कार्यकालमा कोहलपुर गाबिस नगरउन्मुख गाबिस बन्यो।

त्यस पछि करिब २ दशक सम्म स्थानीय निर्वाचन भएन। कोहलपुर अभिभाबक बिहिन जस्तै भयो। करिब १६ बर्ष पछि कोहलपुर पुन: नगरपालिका बन्यो। नगरपालिका घोषणा भए पनि कार्यान्यन हुनै एक बर्ष भन्दा बढी समय लाग्यो।

नगरपालिकाको रुपमा बामे सर्दै गरेको कोहलपुरको विकासका लागि लुट बहादुरलाई नै मेयर बनाउनुपर्ने आवाज उठ्यो। राबत एमालेबाट सर्वसम्मत मेयरका उम्मेदबार बने। उम्मेद्वार मात्र बनेनन् तेन्नरी कोहलपुरको अविभाकत्व ग्रहण गर्ने जिम्मेवारीमा पुगे। उनी जीते।

तीन पटक सम्म कोहलपुरको प्रमुखमा निर्बाचित भएका राबत भन्छन – मेरो इमान्दारिता नै बिजयको आधार हो। राबतले भने जस्तै उनको इमान्दारिता र निष्ठामा अझै सम्म प्रश्न उठेको छैन। ७० बर्षिय बृद्ध राबत युवाहरु जस्तै क्रियाशिल र सक्रिय छन्। उनी एमाले बाँकेका नेता हुन्।

मेयरमा निर्बाचित भए पछि राबतले कोहलपुरलाई सफा हराभरा र पर्यटकिय शहरको रुपमा बिकसित गर्ने बताएका छन्।

आफै बृद्ध भत्ता बुझ्ने उमेर भएका राबतले कोहलपुर नगरपालिकाका बृद्ध तथा जेष्ठ नागरिकलाई उनीहरुको घर घर मै भत्ता उपलब्ध गराउने घोषणा समेत गरेका छन्।

मेयरमा निर्वाचित राबतसँग स्थानीयसँग अभिभावकको भूमीका अपेक्षा गरेका छन्। अनि कोहलपुरलाई विकसित नगरको बाटोमा अगाडि बढाउने मार्गदर्शनको।

सत्तरी बर्षिय राबतले कति जिम्मेवारी निर्वाहका लागि काँध थाप्छन् त्यो भने उनको पदभार ग्रहणपछि मात्र पुष्टि हुनेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.