पुनः मतगणना हुँदा पनि रंगेलीको उपमेयरमा माओवादी नै विजयी


मोरङको रंगेली नगरपालिकामा पुनः मतगणना हुँदा उपमेयरमा माओवादी केन्द्रकी केशवकुमारी खराल १२ मतले विजयी भएकी छिन्। उनले नेपाली कांग्रेसकी राधादेवी मण्डललाई पराजित गरेकी हुन्।

विहिबार १२ मतले नै केशवकुमारी अगाडि थिइन्। तर, कांग्रेसका कार्यकर्ताले मतगणना चित्तबुझ्दो नभएको भन्दै विवाद सिर्जना गरेपछि पुनः वडा नम्बर ६ को गणना भएको थियो।

दोहर्याएर गरेको मतगणनामा पनि कांग्रेसकी राधादेवी १२ मतको झिनो अन्तरले पराजित भएकी हुन्। उनले ५ हजार ७ सय ८ मत प्राप्त गरिन्। उपमेयरमा विजयी माओवादीकी केशवकुमारीले ५ हजार ७ सय २० मत प्राप्त गरिन्।

विहिबार सम्पन्न मतगणनामा नेकपा माओवादीका दीलिपकुमार अग्रवाल (बगडिया) मेयर पदमा भारी मतले विजयी भएका थिए। उनले कांग्रेसका मोदराज घिमिरेलाई हराएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.