सिलवालको मुद्दामा अर्को सुनुवाइ साउन १९ मा हुने


नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा आफूलाई अन्याय भएको भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको मुद्दाको सुनुवाई फेरि सरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता महेन्द्र उपाध्यायका अनुसार यो मुद्दाको सुनुवाई साउन १९ लाई सारिएको छ।

आजै यो मुद्दाको सुनुवाई कायममुकायम प्रधानन्यायाधीश सहितको पूर्ण वृहत इजालसले अन्तिम बहस सुरु गरेको थियो।

कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहित न्यायाधीशहरू ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मिरा खड्का, प्रकाशमान सिंह राउत, पुरुषोत्तम भण्डारीको पुर्ण इजलासमा भइरहेको सुनुवाई अब साउन १९ गते यहि इजालसले नै हेर्ने छ।

गत फागुनमा सरकारले बरीयतामा अगाडि रहेका सिलवाललाई छोडर पछि रहेका डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुखमा नियुक्त गर्ने निर्ण गरेको थियो। सो निर्णयलाई सर्वोच्चले लागु नगर्न आदेश दिएको थियो। सर्वोच्चको आदेशपछि सरकारले अर्का डिआइजी प्रकाश अर्याललाई आइजिपी बनाउने निर्णय गरेको थियो।

डिआइजीले सिलवालले कार्यसम्पादन र मूल्यांकनका आधारमा आफू अर्यालभन्दा पनि अगाडि रहेको भन्दै फेरि सर्वोच्चमा रिट हालेका थिए। यसअघि पटक पटक सर्दै आएको मुद्धामा आज बृहत पूर्ण इजलासमा सुनुवाइ सुरु भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.