कञ्चनपुरको बेलौरीमा मेयर माओवादी, उपमेयर एमाले


प्रदेश नम्बर ७ मा पर्ने कञ्चनपुरको बेलौरी नगरपालिका मेयरमा माओवादी केन्द्र विजयी भएको छ भने उपमेयरमा एमालेले जितेको छ।

यहाँ माओवादी केन्द्रका मोतिलाल चौधरी ६७६५ मत ल्याएर मेयर निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका पल्लवराज भट्ट थिए।

उपमेयरमा भने नेकपा एमालेकी चित्राकुमारी चौधरी ६७४८ मत ल्याएर विजयी भएकी छन्। उनलाई माओवादी केन्द्रकी राधा कँडेलले पछ्याएकी थिइन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.