झापाको बाह्रदशी गाउँपालिकामा काँग्रेस विजयी


मध्य झापाको बाह्रदशी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवारले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेका छन् ।

अध्यक्षमा खड्गप्रसाद राजवंशी (५५३९ मत) र उपाध्यक्ष पदमा रत्ना राजवंशी (५४५३ मत) ले विजयी भएका हुन् । अध्यक्ष पदमा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण पाठकले ५१११ र उपाध्यक्ष पदमा एमालेकै गौरादेवी धमलाले ५२५६ मत ल्याएकी थिईन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.