दश जिल्लामा गणना जारी


निर्वाचन आयोगले दोस्रो चरणमा स्थानीय तहको निर्वाचन भएको २५ जिल्लाको मतपरिणाम सार्वजनिक भएको बताएको  छ।

आयोगले १० जिल्लाका २८ स्थानीय तहको गणना जारी रहेको बताएको छ। आयोगले जारी गरेको विज्ञप्तीमा प्रदेश १ का उदयपुर, झापा, मोरङ र सुनसरीमा गणना बाँकी रहेको बताएको छ। त्यस्तै, प्रदेश ५ का कपिलवस्तु, रुपन्देही, दाङ, बाँके र प्रदेश नम्बर ७ का कञ्चनपुर र कैलालीमा गणना बाँकी रहेको  पनि बताएको  छ। आयोगले हालसम्म ३०३ स्थानीय तहको मतपरिणाम आएको जानकारी दिएको  छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.