कांग्रेस नेता सिटौलाको नगरमा एमालेका वडाअध्यक्ष विजयी


भद्रपुर नगरपालिका कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको निर्वाचन क्षेत्रमै पर्छ। उनले गएको संविधानसभा निर्वाचनमा पनि यहाँबाट चुनाव जितेका थिए। स्थानीय तह निर्वाचनमा भने उनको क्षेत्रमा पर्ने दुई गाउँपालिका कचनकवल र हल्दीवारी एमाले पोल्टामा पुगिसकेको छ। भद्रपुर नगरपालिकामा पनि एमालेकै अग्रता छ। यही क्रममा पछिल्लो मतपरिणाम अनुसार, भद्रपुरको वडा नम्बर ६ को अध्यक्षमा एमालेका प्रेमबहादुर बडुवाल प्यानलसहित विजयी भएका छन्।

उनी ७ सय ४० मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रतिया राजवंसीले ६ सय ७१ मत प्राप्त गरेका छन्।

यसैगरी वडा सदस्यहरुमा एमालेका वीभा पासवान ८ सय ६७, सोहि पार्टीका प्रकाश शर्मा ८ सय १९, काँग्रेसका अजय साहवाल ७ सय ७७ र सोहि पार्टीका शिला बराल ८ सय ३९ मत प्राप्त गरी विजयी भएका छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.