प्रदेश नम्बर १ कै पहिलो महिला अध्यक्ष बनिन् मेनुका


प्रदेश नम्बर १ मा  झापा जिल्लाको कमल गाउँपालिकाको अध्यक्ष पदमा एमालेकी मेनुका काफ्ले विजयी भएकी छन्।

आफ्ना निकटतम प्रतिद्वन्द्वी कांग्रेसका हुकुमसिंह राईलाई उछिन्दै काफ्ले प्रदेश नम्बर १ कै पहिलो महिला अध्यक्ष बनेकी छन्।

कमल गाउँपालिकामा दिउँसो २ बजेतिरै मतगणना सकिएको थियो। तर, एमाले र कांग्रेसका उम्मेदवारले बराबर मत पाएपछि गोलाप्रथाद्वारा विजयी घोषणा गरिएको हो।

काफ्ले र राई दुवैले ८२७५ मत पाएका हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.