बुटवल उपमहानगरपालिकामा एमाले-कांग्रेस मतान्तर २४५५


बुटवल उपमहानगरपालिकामा एमालेभन्दा चार हजारभन्दा बढी मतले पछि परेको कांग्रेस–माओवादी गठबन्धनले मतान्तर घटाएर २ हजार ४ सय ५५ पुर्‍याएको छ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार एमालेका मेयर उम्मेदवार शिवप्रसाद सुवेदीले १८ हजार ४ सय २० मत ल्याएका छन्।

नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले १५ हजार ९ सय ६५ मत पाएका छन्।

उपमेयरमा पनि एमालेको ९ हजारको अग्रता ८ हजार ८ सय ३९ मा झरेको छ। एमाले उम्मेदवार गोमा आचार्यको २० हजार ९७ मत छ भने  माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर पोखरेलको ११ हजार २ सय ५८ मत छ।

हाल त्यहाँ १३ नम्बर वडाको मत गणना भइरहेको छ।

बुटवल उपमहानगरपालिकामा कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.