मोरङको सुनवर्षी र उर्लाबारीमा नेपाली काँग्रेस जिततर्फ अग्रसर


मोरङका दुईवटा नगरपालिकाको मेयरमा नपाली काँग्रेसका उम्मेद्वारहरु जिततर्फ अग्रसर देखिएका छन्। सुनवर्षी र उर्लाबारी नगरपालिकामा काँग्रेसका कालिप्रसाद दास र खड्गबहादुर फागोले प्रतिद्वन्दीसँगको अग्रतालाई फराकिलो बनाएका छन्।

सुनवर्षीको २७ सय मत गणना बाँकी रहँदा काँग्रेस उम्मेद्वार दासले १४ सय बढी मतले अग्रता कामय राखेका छन्। उनले ४७६९ मत प्राप्त गरेका छन् भने एमालेका हसन इमाम बक्स मियाँले ३३५४ मत ल्याएका छन्।

त्यस्तै अर्को नगर उर्लाबारीमा पनि काँग्रेसकै फागोले करिब २६ सयको अन्तरमा अग्रता बनाएका छन्। उनले ८८८४ मत ल्याएका छन् भने एमालेका भूपालसिंह जीमीको ६२१८ मत छ। यो नगरमा ४५०० मतमात्र गन्न बाँकी रहेको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.