नेपालगञ्ज उपमहागरपालिकामा राप्रपाका धवल समशेर बने मेयर


 

बाँकेको नेपालगञ्ज उपमहागरपालिकाको मेयरमा राप्रपाका उम्मेदवार धवल शम्शेर राणा १२ हजार ५ सय १५ मत ल्याएर बिजयी भएका छन्।

राणाले आफ्ना निकटत प्रतिद्धन्दी  कांग्रेसका उम्मेरवार सुरेश कुमार कनोडियालाई ३ हजार ७ सय ८५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्। कांग्रसेका कनौडियाले ८ हजार ७ सय ३० मत पाएका थिए।

त्यसै गरी  उप मेयरमा नेपाली कांग्रेसकी उम्मेदवार उमा थापमगर १० हजार ७ सय ३१ मत ल्याएर  विजयी भइन्। उप मेयर थापाले निकटतम प्रतिस्पर्धी राप्रपाकी रमारानी वैश्यलाई १८२७ मत अन्तरले हराउँदै विजयी हुन्। राप्रपाकी रमारानी बैश्यले ८९२४ मत प्राप्त गरिन्।

२३ वडा रहेको नेपालगन्जमा नेपाली कांग्रेसले ८, एमालेले ६, माओवादीले ४, राप्रपाले ३ र फोरम लोकतान्त्रिकले २ वडा जितेका छन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.