हिजोदेखि स्थगित धनगढीको मतगणना २ बजेबाट सुरु हुने


आइतबारदेखि स्थगित धनगढी उप–महानगरपालिको मतगणना दिउँसो २ बजेदेखि सुरु गर्ने निर्वाचन आयोग र दलहरूबीच सहमति भएको छ।

वडा नम्बर १७ र ३ को मत गणना भइरहँदा मतपेटिकाको मुचुल्का नभेटिएपछि दलका प्रतिनिधि र आयोगबीच विवाद सुरु भएको थियो।
सोमबार आयोगका कर्मचारी र दलहरुबीच मुचुल्कासम्बन्धी विवादमा सहमति भएपछि दिउँसोबाट मतगणना सुरु गर्न लागिएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.