इलामको फाकफोकथुममा अध्यक्ष कांग्रेस, उपाध्यक्ष एमाले


इलामको फाकफोकथुम गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने उपाध्यक्ष एमाले उम्मेदवारले जितेका छन्।

यहाँ कांग्रेसका रामकुमार श्रेष्ठ ४१४२ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका दीपेन्द्र खनालले ३९८८ मत ल्याएका छन्।

उपाध्यक्षमा भने एमालेकी सरस्वती राई ४२४१ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी डालाकुमारी बिष्टले ३९८३ मत ल्याएकी छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.