ओखलढुंगाको मानेभञ्याङमा कांग्रेस विजयी


अाेखलढुंगाको मानेभञ्याङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा नेपाली कांग्रेस विजयी भएको छ।

यहाँ अध्यक्षमा कांग्रेसका मोतिराज राई ३८६३ मत ल्याएर विजयी भएका हुन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका रुपलाल तामाङले २५७२ मत ल्याएका छन्।

उपाध्यक्षमा पनि कांग्रेसकै सविता राई ४०३५ मत ल्याएर विजयी भएकी छन्। उनका निकट प्रतिद्वन्द्वी एमालेका भावना राईले २१५३ मत ल्याएकी छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.