उदयपुरको कटारीमा १० वटा वडाको मत गन्दा कांग्रेस साढे ४ सय मतले अगाडि


उदयरपुरको कटारी नगरपालिकामा सोमबार बिहान ५ बजेसम्मको मतगणनाअनुसार मेयरमा नेपाली कांग्रेसका ज्ञानेन्द्रसिंह राउतले अग्रता लिइरहेका छन्।

निर्वाचन अधिकृत गुरुप्रसाद वाग्लेका अनुसार वडा नम्बर ५ देखि १४ सम्मको मतगणनाअनुसार नेपाली कांग्रेसका ज्ञानेन्द्रसिंह राउतले ४३४० मत ल्याएका छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका ज्ञानेन्द्र श्रेष्ठले ३८९१ मत ल्याएका छन्। माओवादी केन्द्रका कृष्णप्रसाद बराल ३५२६ मत ल्याएर तेस्रो स्थानमा छन्।

यहाँ उपमेयरमा एमालेकी भीमकुमारी राउतले ४२२१ मतसहित अग्रस्थान हासिल गरेकी छन् भने नेपाली कांग्रेसकी निर्मला न्यौपाने ३९१३ मतसहित उनलाई पछ्याइरहेकी छन्। माओवादी केन्द्रकी मीना पराजुली कोइराला ३४११ मत ल्याएर तेस्रो स्थानमा छिन्।

हाल यहाँ वडा नम्बर १ देखि ४ सम्मको मतगणना भइरहेको निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.