दाङका दुई उपमहानगरमा एमाले र लमही नगरमा कांग्रेसको अग्रता

दाङका दुई उपमहानगरमा एमाले र लमही नगरमा कांग्रेसको अग्रता


दाङका दुई उपमहानगरपालिकामा नेकपा एमालेको र लमही नगरपालिकामा भने काँग्रेसले अग्रता कायमै छ। तुलसीपुर र घोराही दुबै उपमहानगरपालिकामा एमालेले आफ्नो मतान्तर बढाउँदै लगेको छ।

अहिलेसम्म घोराहीमा एमालेका मेयरका उम्मेदवारले काँग्रेसका मेयरका उम्मेदवारभन्दा ३ हजार ७ सय १५ मत बढी पाएका छन्। एमालेले मेयरमा १५ हजार ८ सय ५४ मत प्राप्त गर्दा काँग्रेसलाई मेयरमा १२ हजार १ सय ३९ मत प्राप्त भएको छ। त्यस्तै उपमेयरमा एमालेले कांग्रेसका भन्दा १ हजार ८ सय ३२ मतान्तर कायम गरेको छ। घोराहीमा एमालेलाई उपमेयरमा १४हजार १ सय २८मत प्राप्त हुँदा काँग्रेसको उपमेयरलाई १२ हजार २ सय ९६मत प्राप्त भएको छ।

दुबै उपमहानगरमा माओवादी केन्द्र भने एमाले र काँग्रेसभन्दा निकै पछाडि देखिएको छ। घोराहीमा माओवादी केन्द्रका मेयरका उम्मेदवारले ८ हजार ७ ६६मत प्राप्त गर्दा उपमेयरले ९ हजार १ ७७मत पाएका छन्।

तुलसीपुर उपमहानगरपालिकामा पनि एमालेको अग्रता कायमै छ। एमालेका मेयरका उम्मेदवारले काँग्रेसका मेयरका उम्मेदवारसँगको मतान्तर बढाउँदै २ हजार ४ सय ४८ पु¥याएका छन्।

तुलसीपुरमा एमालेका मेयर उम्मेदवारलाई ८ हजार ४ सय ४० मत प्राप्त हुँदा काँग्रेसका मेयरका उम्मेदवारलाई ५ हजार ९ सय ९२ मत प्राप्त भएको छ। यो १९ हजार ८६ मत गणना हुँदाको मतापरिणाम हो। त्यस्तै उपमेयरमा एमालेलाई ७ हजार ४सय ६६ मत र काँग्रेसलाई ६ हजार ७ सय ९ मत आएको छ।

यहाँपनि माओवादी केन्द्रलाई धेरै पछाडि छ। माओवादीका मेयर उम्मेदवारले २ हजार ३ सय २६ र उपमेयर उम्मेदवारले २ हजार ३ सय ५२ मत पाएका छन्।

दाङको लमही नगरपालिकामा भने नेपाली काँग्रेसले सुरुवाती अग्रता कायमै राखेको छ। लमहीमा काँग्रेसका मेयर उम्मेदवार एमालेभन्दा ६ सय ९५ मतले अगाडि छन्। मेयरमा काँग्रेसलाई २ हजार ९ सय ६७ मत प्राप्त हुँदा एमालेका उम्मेदवारलाई २ हजार २ सय ७२मत प्राप्त भएको छ । त्यसैगरी लमहीमा काँग्रेसका उपमेयरले ८ सय ९५ मत अन्तरले अग्रता कायमै राखेकी छन्। काँग्रेसका उम्मेदवारलाई ३ हजार ६८ र एमालेका उम्मेदवारलाई २ हजार १ सय ७३ मत प्राप्त भएको छ।

यहाँपनि माओवादी केन्द्र पछाडि छ। मेयरमा १ हजार ८ सय १८ र उपमेयरमा १ हजार ८७७ मत माओवादीलाई प्राप्त भएको छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.