अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी

अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुखमा माओवादी केन्द्र विजयी


अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार रेशम थापा ५३३० मत ल्याउँदै विजयी भएका छन्।

उनले राष्ट्रिय जनमोर्चाको कविराम खनाललाई हराएका हुन्। कविराम खनालले ४५४२ मत पाएका थिए ।

उपप्रमुखमा कांग्रेसका खडानन्द वेलवासेले ५२३० मत ल्याएर विजयी भएका छन्। उनले नेकपा एमालेकी उम्मेदवार सुनिता वेलवासेलाई ३२९ मतले उछिनेका हुन्।

भुमिकास्थान नगरपालिकाको प्रमुखमा कांग्रेस र माओवादी केन्द्रको गठबन्धन थियो।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.