फिदिम नगरपालिकाको मेयरमा कांग्रेसका ओनाहाङ


पाँचथर जिल्लाको फिदिम  नगरपालिकामा नेपाली कांग्रेसको जित भएको छ। कांग्रेसका मेयर उम्मेदवार ओनाहाङ नेम्वाङले ६९०६ मत ल्याएर एमालेका राजकुमार भण्डारीलाई पराजित गरेका  हुन्।

उपमेयरमा पनि कांग्रेसकै उर्मिला प्रधान श्रेष्ठले ६५८१ मत ल्याएर जित हासिल गरेकी छन्। उनले एमाले उम्मेदवार मुना नेम्बाङलाई पराजित गरेकी हुन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.