विराटनगरमा भीम १४६० मतले अघि


विराटनगर महानगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका भीम पराजुलीले अग्रता बढाउँदै लगेका छन्।

पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार एमालेका मेयर उम्मेदवार बिनोद ढकालभन्दा भीमले १४६० मत बढी ल्याएका छन्। भीमले ४६५७ मत पाएका छन्।

विनोद ढकालले ३१९७ मत पाएका छन्।

यता संघीय समाजवादी फोरम नेपालका मेयर पदका उम्मेदवार उमेश यादवले पनि मतान्तर घटाउँदै ल्याएका छन्। उनले २५८७ मत ल्याइ ढकाललाई पछ्याइरहेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.